दफा २३
प्रहरी कर्मचारीले डायरी राख्नुपर्ने काम
(१) नेपाल सरकारले तोके बमोजिम ढाँचाको डायरी राखी त्यसमा सबै उजूरी र आरोप गिरफ्तार भएको सबै मानिसको नाउँ, उजूर गर्नेको नाउँ, गिरफ्तार भएको व्यक्ति उपर आरोप लगाइएको अपराध, निजहरूबाट वा अरू किसिमले बरामद भएको हतियार वा धनमाल र बुझिएका साक्षीहरूको नाउँसमेतको व्यहोरा खोली चढाई राख्ने हर एक ठानाको अख्तियारवाला कर्मचारीको कर्तव्य हुनेछ ।
(२) प्रमुख जिल्ला अधिकारीले सो डायरी झिकाई जाँच्न सक्नेछ ।
(२) प्रमुख जिल्ला अधिकारीले सो डायरी झिकाई जाँच्न सक्नेछ ।